२०८१ बैशाख १५, शनिबार    

हेटौंडामा शुक्रबार ‘डेरी मेला’

२०७९ असार ९, बिहीबार १८:२० बजे

नेपाल डेरी एसोसिएसनले वाग्मती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार एकदिने ‘डेरी मेला’ को आयोजना गर्ने भएको छ ।

एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवम् ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा डेरी मेलाको आयोजना गर्न लागेको हो । हेटौंडामा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका केन्ऽीय अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न प्रचारप्रसार गर्न उक्त मेलाको आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार, मेला हेटौंडा–२ को पल्पसा सदनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ भने त्यसपश्चात् एसोसिएसनको साधारणसभा एवम् अधिवेशन सुरु हुनेछ । उक्त मेलाको उद्घाटन कार्यक्रम वाग्मती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागार्इंले गर्ने भएको एसोसियसनका अध्यक्ष सापकोटाले बताए ।

मेलामा करिब १५ वटा स्टल रहनेछ । करिब ७०० जनाले मेला अवलोकन गर्ने अनुमान आयोजकको छ ।