२०८१ जेठ ७, सोमबार    

हेटौंडाको नवलपुरमा चारवटा सवारी ठोक्कियो

२०७८ फाल्गुन ३, मंगलबार ०९:१७ बजे

हेटौंडा/ हेटौंडा–११, नवलपुरमा चारवटा सवारी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको चारवटा सवारी सोमबार विहान करिब ९ बजेको समयमा एकआपसमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनाको विषयमा थप विवरण आउँनै बाँकी रहेको छ ।

स्थानीय प्रतीक न्यौपानेका अनुसार ना.४ ख ८४९६ नम्बरको ट्रक, ना.८ ख ४७२७ नम्बरको ट्रिपर, प्रदेश ३ ००१ च १३६६ नम्बरको जीप र नम्बर नखुलेको नयाँ बोलेरो एकआपसमा ठोक्किएको हो । ‘मानवीय क्षति भएको छ वा छैन थाहा छैन । प्रहरी पुग्दैछ ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले भने । उनका अनुसार ट्राफिक प्रहरी, थानाभर्‍याङ र लेवटको प्रहरी अहिले घटना स्थलमा पुगेका छन् ।