२०८१ बैशाख २३, आईतबार    

एमालेका मनोनित सदस्यद्वारा पदभार ग्रहण

२०७८ चैत्र ९, बुधबार १५:३९ बजे

नेकपा एमाले मकवानपुरका मनोनित जिल्ला कमिटी सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

मंगलबार हेटौंडा–५ स्थित पार्टी कार्यालयमा उनीहरुले सपथ ग्रहण गरेका हुन् । उनीहरुलाई नेकपा एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका थिए । जिल्ला अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको भएको सपथ ग्रहण कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, संविधानसभा सदस्य अनन्त पौडेल तथा राष्ट्रियसभा सदस्य रामचन्द्र राईको उपस्थिति रहेको थियो ।

नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन लक्षित गरेर एमालेले जिल्ला सदस्यमा २७ जनालाई मनोनित गरेको थियो । जिल्ला सदस्यमा मनोनितको विषयलाई लिएर केही नेताहरु रुष्ट समेत भएका छन् ।

एमालेले पछिल्लो समय जिल्लाभर निर्वाचन अभियान सञ्चालन गरिरहेको छ ।