२०८१ बैशाख २९, शनिबार    

काँग्रेसले केन्द्रको निर्णय नमान्ने, एकल निर्वाचनमा होमिने

२०७९ बैशाख ७, बुधबार १५:५६ बजे

हेटौंडाको मेयर नेकपा एकृकीत समाजवादीलाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि काँग्रेस हेटौंडा उपमहानगर समितिले विरोध जनाएको छ ।

बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी दिएको हो । नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र आफुहरुसँग केन्द्रले छलफलनै गरेको बताए ।

‘केन्द्रको निर्णय परिवर्तन नभए नगर समितिका पदाधिकारी तथा नगरका सबै वडा सभापतिहरुको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरुसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा काँग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनेछ ।’ उनले भने, ‘गठबन्धन दलहरुबीच भागबण्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौंडाको बस्तुगत अवस्थाबारे जानकारी नलिइ कार्यकर्ताको मर्म र भावनालाई वेवास्ता गर्दै सहमतिप्रति हाम्रो पूर्ण असमर्थन छ ।’