२०८१ बैशाख २३, आईतबार    

मध्यवर्ती अध्यक्षमा अर्याल, हाँडीखोलालाई हटाउन माग

२०७८ चैत्र ९, बुधबार १४:२४ बजे

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा सीताराम अर्याल सर्वसम्मत चयन भएका छन् ।

अर्याल हाँडीखोलालाई पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत्बाट हटाउने पक्षमा लामो समयदेखि लविङ गरिरहेका नेता हुन् । स्थानीयले राष्ट्रिय निकुञ्जको ज्यादती, जनतालाई दु:ख दिने अवस्थाको अन्त्य गर्न आग्रह गर्दै अर्याललाई सर्वसम्मतरुपमा अध्यक्षमा चयन गरेका हुन् । पर्सा राष्ट्रिय निकुञ्जका जंगली जनावर र सेनाका कारण त्यहाँका स्थानीयले लामो समयदेखि दु:ख पाइरहेका छन् ।

विशेष गरी त्यसक्षेत्रका स्थानीयलाई जंगल घाँसदाउर गर्नै समस्या भइरहेको छ । स्थानीय तह र आरक्षवीच पनि राम्रो सम्बन्ध छैन ।