२०८१ बैशाख २७, बिहीबार    

वर्ल्डकपमा रोबोट रेफ्री प्रयोग हुने, परीक्षण गरिँदै

२०७८ माघ २२, शनिबार १८:१३ बजे

काठमाडौं/ कतारमा यसै वर्ष हुन गइरहेको विश्व कप फुटबल प्रतियोगितामा प्रयोग हुने नयाँ ‘रोबोट रेफ्री’ प्रविधि परीक्षणको अनुभव गर्नेमा चेल्सी पहिलो इङ्गलिस क्लब बन्ने भएको छ ।
नयाँ लिम्ब–ट्रर्‍याकिङ प्रविधिले भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर) ले भन्दा पनि छिटो अफसाइड भएको कुरा पत्ता लगाउने बताइएको छ ।

यो रोबोटले ३० सेकेन्ड भित्रै अफसाइड भए नभएको पत्ता लगाउन सक्छ । हाल भइरहेको अरब कपमा यो प्रविधिको सफल परीक्षण पछि आउादो नोभेम्बरमा कतारमा हुने विश्वकपमा पनि यो प्रयोग गर्ने फिफाको योजना छ ।
बिहीबारबाट सुरु हुने क्लब वल्र्डकपमा पनि परीक्षणको रुपमा यो प्रविधि प्रयोग हुादैछ । जसमा यो प्रविधिमा रहेर खेल्ने चेल्सी पहिलो इङ्गलिस क्लब हुनेछ ।

अर्धस्वचालित (सेमी–अटोमेटिक) रुपमा निर्णय गर्न सक्ने यो प्रणालीले स्टेडियमको माथीबाट १२ ओटा क्यामेरा प्रयोग गरी खेलाडी र बलको मुभमेन्टलाई निगरानी गर्नेछ । यदि कुनै खेलाडी अफसाइड स्थितिमा छ भने ट्रर्‍याकिङ प्रणालीले भीएआर अपरेटरलाई आधा सेकेन्ड भित्रै अलर्ट पठाउाछ ।

क्लब वल्र्डकपमा चेल्सीको पहिलो खेल फेब्रअरी ९ तारिखमा ताहितीको एएस पिरे, अबु धाबीको अल जजिरा वा साउदी अरेबियाको अल हिलालसँग हुनेछ । (टेकपानाबाट)