२०८१ बैशाख २८, शुक्रबार    

कांग्रेसबाट भरत गोपाली थाहामा उपमेयरको उम्मेदवार

२०७९ बैशाख १२, सोमबार ११:०९ बजे

नेपाली कांग्रेसले थाहा नगरपालिका उपमेयरमा भरत गोपालीलाई अगाडि सारेको छ ।

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय समितिको वैठकले गोपालीलाई उपमेयरको उम्मेदवारी बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनले मेयरमा माओवादी केन्द्रका विष्णु विष्ट आदर्शलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । गोपाली त्यसक्षेत्रमा लामो समयदेखि क्रियाशील कांग्रेसका नेता हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि थाहा नगरपालिकामा कांग्रेस र माओवादीवीच गठबन्धन भएको थियो ।

उक्त निर्वाचनमा गठबन्धनले मेयर र उपमेयर दुवै पदमा गठबन्धन विजयी भएको थियो । यसअघि निर्वाचित भएका मेयर लवशेर विष्ट र उपमेयर खड्ग गोपाली यसवर्ष उम्मेदवारी दिएनन् ।