२०८१ बैशाख १७, सोमबार    

‘अघोषित लोडसेडिङ’ले समस्यामा उद्योग

२०७८ चैत्र १६, बुधबार १७:१९ बजे

नेपाल विद्युत प्राधिकरणले पूर्वसूचनाविनै औद्योगिक फिडरमा विद्युत् कटौती गर्न थालेपछि उद्योग सञ्चालनमा समस्या भएको गुनासो उद्योगीहरुले गरेका छन् ।

प्राधिकरणले विद्युत अभाव रहेको भन्दै विना जानकारी हेटौंडाको औद्योगिक फिडरमा ‘अघोषित लोडसेडिङ’ गर्न थालेसँगै व्यवसायी रुष्ट भएका हुन् । हाल हेटौंडामा १४ घण्टाभन्दा बढी समय विद्युत् कटौती भइरहेको उद्योगीहरुले बताएका छन् । उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलका अनुसार कुन समयमा विद्युत कटौती हुन्छ ठेगान छैन ।

‘पछिल्लो एकहप्तामा ९ घण्टादेखि १४ घण्टाभन्दा बढी समय विद्युत कटौती भइरहेको छ ।’, उनले भने, ‘हामीलाई थाहै हुन्न कुन समयमा विद्युत कटौती हुन्छ भनेर । अघोषितरुपमा लोडसेडिङ भइसकेको छ । बरु तालिका दिए सोही अनुसार तयारी गर्न हुन्थ्यो ।’, उनका अनुसार यसअघि पनि प्राधिकरणले हरेक दिन एक/दुई घन्टा औद्योगिक क्षेत्रमा विद्युती कटौती गर्ने गरेको थियो । ‘प्राधिकरणले विद्युत् लाइन काट्ने समय दिनहुँ बढाउँदै लगिरहेको छ ।

जसको कारणले गर्दा हामीलाई उद्योग सञ्चालन गर्नै समस्या भइसक्यो ।’, उनले भने । प्राधिकरण रूस र युक्रेनबीचको युद्धको प्रभाव भारत हुँदै नेपालसम्म परेको र भारतले विद्युत् मात्रै नभएर विद्युतका लागि आवश्यक सामग्रीहरू पनि दिन छाडेका कारण व्यवस्थापन गर्न समस्या भएको प्राधिकरणको भनाइ छ ।

उद्योग संघका पूर्वअध्यक्ष नवराज अर्यालले कोरोना महामारीबाट थलिएका उद्योगहरू तंग्रिने कोसिस गर्दैगर्दा समस्यामाथि समस्या थपिएको बताए । 

‘अलिअलि तंग्रिन लागेका थियौं । फेरि समस्या थपियो । हामीलाई जानकारी नै नदिइ दिनदिनै विद्युत् लाइन काटिन थालिएको छ । हामीले वैकल्पिक व्यवस्था पनि गर्न पाएका छैनौं । करोडौं मूल्य पर्ने मेसिन रन भइरहेको अवस्थामा एक्कासी रोकिँदा विग्रने सम्भावना बढी हुन्छ ।’, उनले यसैगरी मनलाग्दीरुपमा विना जानकारी विद्युत कटौती गरिँदा उद्योग सञ्चाल नै गर्न नसकिने अवस्था सिर्जना हुने बताए ।

उनले आफूहरुले लामो समयदेखि औद्योगिक क्षेत्रलाई लोडसेडिङ मुक्त गरी औद्योगिकमैत्री वातावरण बनाउनुपर्ने बताएपनि सरकारले वेवास्ता गर्न यस्तो अवस्था सिर्जना भएको बताए ।

‘औद्योगिकमैत्री वातावरण नै छैन । कसरी उद्योगधन्दा फष्टाउँछ रु’, उनले भने । ‘लोडसेडिङ मुक्त भयो औद्यागिक क्षेत्र भनेपछि हामीले व्याकअपको व्यवस्था गरेका छैनौं । महँगो डिजेल खर्चेर जेनेरेटर सञ्चाल गर्न सक्ने अवस्था पनि छैन ।’, प्याकुरेलले भने,‘बैंकमा तरलताको समस्या छ । आयात गर्नुपर्ने कच्चा सामानको मूल्यवृद्धि भएको छ । यस्तै अवस्था रहे उद्योग बन्द गर्नुको विकल्प छैन ।’

उद्योगीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले समस्या पारिरहेको समयमा विद्युत कटौतीले झन मार थपिएकोेभन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।


हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्र कडँेलका अनुसार विद्युत कटौतीका कारण उद्योगको उत्पादनमा ६० प्रतिशतसम्म गिरावट आइरहेको छ । ‘औद्योगिक क्षेत्रमा ११३ वटा उद्योगहरू सञ्चालनमा छन् । यी मध्ये पूर्णरूपमा सञ्चालनमा आउने उद्योग ९० वटा छन् । ५० वटा उद्योग २४ घन्टा सञ्चालनमा आउने खालका छन् ।’, उनले भने,‘दैनिक १२ घन्टासम्म विद्युत कटौती गर्दा कुल क्षमताको ५० प्रतिशतभन्दा पनि कम उत्पादन हुन्छ ।’

उनका अनुसार हाल दैनिक ५० करोड रुपैयाँ बराबरको उत्पादनमा गिरावट आएको छ । औद्योगिक क्षेत्रबाट वार्षिक करिब ३० अर्ब रुपैयाँ राजस्व राज्यले प्राप्त गर्दै आइरहेको छ ।


विद्युत कटौती बढेसँगै औद्योगिक क्षेत्रको उत्पादित वस्तुको मूल्य बढ्ने उद्योगीहरुले बताएका छन् । ‘उद्योगहरुसँग वैकल्पिक स्रोत छैन । अब डिजेलको प्रयोग गरेर जेनेरेटर सञ्चालन गर्नुपर्ने अवस्था रहन्छ । पक्कै पनि अब उत्पादित वस्तुको मूल्य बढ्नेछ ।’, संघ पूर्वअध्यक्ष लेखराज पोखरेलेले भन