२०८१ बैशाख २०, बिहीबार    

दृष्टिविहिन परिवारलाई खाद्यान्न सहयोग

२०७८ चैत्र २८, सोमबार १६:२९ बजे

मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडाको बसामाडी निवासी दृष्टिविहिन परिवारलाई खाद्यान्न सहयोग गरेको छ । संघले उद्योग वाणिज्य दिवसको अवसरमा दृष्टिविहिन परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको नेतृत्वमा पञ्चबहादुर सोनारको परिवारलाई उक्त खाद्यान्न वितरण गरिएको थियो । एकै परिवारका पाँच सदस्यमध्ये तीन जना सदस्य दृष्टिबिहिन रहेकोले खाद्यान्न वितरण गरिएको अग्रवालले बताए । आरन चलाएको भरमा पाँच छोरी, एक छोरा र श्रीमती गरी ८ जनाको परिवार पाल्दै आएका छन् । उनले २ छोरी भने विवाह गरेर पठाइसकेका छन् ।

कार्यक्रममा संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, महासचिव दिपक उप्रेती, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की र श्रीकृष्ण कर्माचार्य, महिला उद्यमी विकास समितिका सभापति अंकिता सुमार्गी, कार्यसमिति सदस्यहरु तेजराज अधिकारी, सिता भेटवाल, विशेष आमन्त्रित सदस्य राजेन्द्र लामिछाने, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतको सहभागिता रहेको थियो ।