२०८१ बैशाख १७, सोमबार    

म्यानेजमेन्टमा ‘विजनेस इन्कुबेशन सेन्टर’

२०७९ श्रावण १३, शुक्रबार १९:१५ बजे

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्सले ‘विजनेस इन्कुबेशन सेन्टर’ स्थापना गरेको छ ।

महाविद्यालयले स्नातक र स्नातकोत्तरमा अध्ययनरत् विद्यार्थीमा भएको सिर्जनात्मक र रचनात्मक सीपलाई व्यवसायीकरुपमा अगाडि बढाउने सहयोग पुर्‍याउने उद्देश्यले विजनेस इन्कुबेशन सेन्टर स्थापना गरेको हो ।

महाविद्यालयका योजना र विकास निर्देशक दीपेश जोशीका अनुसार विद्यार्थीसँग भएको नवीनतम सीपलाई नवव्यवसायीको रुपमा अगाडि बढाउँदै समाजमा स्थापित गर्न सहयोग गर्ने उद्देश्यले यस कार्य अगाडि बढाइएको हो । ‘हामी विद्यार्थीहरुमा भएको विजनेस आइडीयालाई कसरी सार्थक बनाउन सकिन्छ भनेर आवश्यक परामर्श दिनेछौं । उनीहरुसँग भएको आइडीयालाई नवव्यवसायीबाट उद्योगीसम्म बनाउन हामी आवश्यक सहयोग विज्ञहरुको सहाराबाट दिलाउने छौं ।’, जोशीले भने ।

विजनेस इन्कुबेशन सेन्टरमा आफ्नो नवीन सीपको बारेमा जानकारी गराएर त्यसको सम्पूर्ण आन्तरिक तयारी गरेपछि व्यवसाय सञ्चालन गर्न बीऊ पुँजी पनि उपलब्ध गराइने श्रेष्ठले बताए । ‘व्यापारिक योजना तथा इच्छा भएको व्यक्ति–कम्पनीले ९ महिनादेखि १ वर्ष वा आवश्यकता अनुसार कार्यशाला कार्यक्रममा आफ्नो प्रतिबद्धता गर्न सक्षम भएको खण्डमा हामी आवश्यक पुँजीसँग जोड्न पुलको काम गर्नेछौं ।’, उनले भने ।

म्यानेजमेन्टले आइतबारबाट विद्यार्थीलाई पहिलो चरणको कार्यशाला (तालिम) समेत आइतबारबाट सुरु गर्ने भएको छ । अन्तरप्रेरणा संस्थासँगको सहकार्यमा यस कार्यलाई अगाडि बढाउन लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विद्यार्थीलाई विजनेस इन्कुबेशनका विज्ञ तथा डच नागरिक ह्यांकले प्रशिक्षण दिनेछन् ।