२०८१ बैशाख २४, सोमबार    

सटरको विषयलाई लिएर मलाई हातपात भयो : सिग्देल

२०७९ भाद्र ९, बिहीबार १४:२० बजे

हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देलले आफुमाथि हातपात हुनुको कारण खुलाएका छन् । आफुमाथि भएको हातपातको विषयमा बिहिबार वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सिग्देलले मंगलबार दिउँसो स्कुलरोडमा रहेको भुटदेवीको सटरको विषयलाई लिएर सानु लामा र व्यवसायी ठेगदार विके राना मगर आफ्नो कार्यकक्षमा आएको बताए ।

नेकपा एमाले मकवानपुरका सचिव समेत रहेका सिग्देलले सटरको विषयलाई लिएर लामाले आफुमाथि हातपात गरेको बताए । भुटनदेवी स्कुलको सटरको विषयमा आफु र वडा कार्यालयको कु्नै पनि संलग्नता नरहेको बताउँदै वडाध्यक्ष सिग्देलले सटरको विषयलाई लिएरनै लामाले वडा कार्यालयमा आएर अभद्र व्यवहार गरेको बताए । उनले आफुलाई लामाले सटरको विषयलाई लिएर विभिन्न आक्षेप लगाएको र त्यस विषयमा भनाभव हुनेक्रममा आफुमाथि हातपात भएको प्रष्ट पारे ।

वडाध्यक्ष सिग्देलले आफुले सोहि दिननै आफ्नो सुरक्षाको लागि लामा विरुद्ध कारबाहीको लागि जाहेरी दिएको बताउँदै हाललाई लामाको विषयलाई अगाडी नबढाउन पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई टेलिफोन सम्पर्क मार्फत अनुरोध गरेको समेत बताए । उनले लामालाई सच्चिनको लागि माफि दिएको समेत बताए ।

उनले कसैले कसैलाई कुट्न नमिल्ने बताउँदै त्यसमा पनि आफु जनप्रतिनिधिमाथिनै कार्यालय समयमा कुटपिट हुनु दुःखद घटना भएको बताए । वडाध्यक्ष सिग्देलले भुटनदेवीको सटरकै विषयलाई लिएर घटना घटेको बताउँदै वडा कार्यालयले अर्को सूचना नआएसम्मको लागि सटरको ठेक्का सम्बन्धी सम्पूर्ण कार्यहरु स्थगित गरेको समेत बताए ।