२०८१ बैशाख १३, बिहीबार    

विपद व्यवस्थापनका लागि तयार रहन मन्त्री लामाको अनुरोध

२०७९ असार १५, बुधबार १३:०० बजे

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई अनुरोध गरेका छन् ।

बुधबार प्रेस वक्तव्य जारी गर्दै मन्त्री लामाले देशका विभिन्न स्थानमा भारी बर्ष भईरहेकाले बाढि पहिरो, डुवान कटान जस्ता प्राकृतिक विपद आउन सक्ने भएकाले यसको व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सरोकारवालाहरुलाई अनुरोध गरेका हुन् । उनले विपदका कारण हुन सक्ने धनजनको क्षति कम गर्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुमा द्रुत प्रतिकार्य टोली र आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न भनेका छन् ।

विपद वा यसका कुनै संकेत देखिएमा यथाशिघ्र उपलव्ध सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रका बासिन्दा र सरोकारवालाहरुलाई सुचित गरी मानवीय र भौतिक क्षति न्यूनिकरण गर्न सहयोगका लागि मन्त्री लामाले सबैसंग अनुरोध गरेका छन् ।

मन्त्री लामाले प्राकृतिक विपद आएमा खानेपानी प्रदुषण र सरसफाईको कमीको कारणले विभिन्न किसिमका संक्रामक रोग फैलन सक्ने भएकाले यसका लागि आवश्यक औषधी एवं जनशक्ति तयारी अवस्थामा राख्न र कुनै पनि विपद देखा परेको अवस्थामा सहयोग आवश्यक परेमा मन्त्रालयमा जानकारी गराउन समेत अनुरोध गरेका छन् ।