२०८१ जेठ ७, सोमबार    

हेटौंडाको बुद्धचोकमा ६० जनाले गरे रक्तदान

२०७८ माघ २९, शनिबार १२:५० बजे

हेटौंडा/ जिल्लामा रगतको अभाव हटाउन हेटौंडा इन्फिल्डर्स मकवानपुरले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

हेटौंडाको बुद्धचोकमा शनिबार भएको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका हुन् । हेटौंडा इन्फिल्डर्सका अध्यक्ष दीपेन्द्रचन्द ठकुरीका अनुसार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरु रक्तदानमा सहभागी भएका थिए ।

‘हामीले वार्षिकरुपमा स्वास्थ्य क्षेत्रमा विभिन्न काम गर्दै आइरहेका छौं । हाम्रो संस्थाले योसँगै छैठौं पटक रक्तदान कार्यक्रम आयोजना गरेको हो ।’, इन्फिल्डर्स अध्यक्ष ठकुरीले भने । देशमा कोभिड संक्रमण फैलिएसँगै यस संस्थाले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ ।