२०८१ बैशाख २१, शुक्रबार    

एमालेमा लफडा, पाँच सांसदद्वारा खाली कागजमा हस्ताक्षर गर्न अस्विकार

२०७८ फाल्गुन २, सोमबार १८:२३ बजे


हेटौंडा/ प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलको बैठकमा लफडा भएको छ । वैठकमा छलफलविनै हस्ताक्षर संकलन सुरु गरेसँगै पाँच सांसदले त्यसको प्रतिबाद्ध गरेका छन् ।

बैठकमा सहभागी सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न नमानेका हुन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा ६ वटा खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो ।

ती कागजमा हस्ताक्षर गर्न भीम रावलले लिखितरूपमा नै असहमति राखेका थिए । अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । प्रयोजन नखुलाएकाले आफूले हस्ताक्षर नगरेको झपट रावलले बताए । सांसद दिपक भट्टले पार्टीले किर्ते काम गर्न नहुने भन्दै आवश्यक परे बैठक बोलाएर निर्णय गर्नुपर्ने बताए ।