२०८१ जेठ ७, सोमबार    

लागूऔषधसहित वस्तीपुरबाट पक्राउ परिन नानीमाया खत्री

२०७८ माघ २२, शनिबार १३:१५ बजे

हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध कारोवारमा संलग्न रहेको आरोपमा एक महिललाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा–१९, वस्तीपुरमा डेरा गरी वस्ने वकैया गाउँपालिका–४, छतिवनकी २९ वर्षीया नानीमाया खत्रीको कोठाबाट ७ सय ९८ एम्पुल लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएको हो । मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै खत्रीलाई सार्वजनिक गरेका छन् ।

उनका अनुसार खत्रीको डेराबाट डाइजेपाम २८० एम्पुल, फेनार्गन २६८ एम्पुल र नुर्फिन २५० एम्पुलसहित पक्राउ गरिएको हो । ‘हामीले यस विषयमा थप अनुसन्धान गरिरहेका छौं । केहीदिनमा कारोवारमा संलग्न अन्यलाई पनि पक्राउ गर्नेछौं ।’, उनले भने ।