२०८१ बैशाख २१, शुक्रबार    

मकवानपुरभर मतदान सुरु

२०७९ बैशाख ३०, शुक्रबार ०७:३१ बजे

शुक्रबार बिहान सात बजेदेखि मकवानपुरभर मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु हुने भनिएको स्थानीय तहको निर्वाचन(२०७९ को मतदान सुरु भएको हो । जिल्लाको दशवटै स्थानीय तहमा मतदान सुरु भएको छ ।

संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । ०७४ मा निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ मा सकिँदै छ । नयाँ जनप्रतिनिधिको कार्यकाल जेठ ६ देखि सुरु हुनेछ।

बहुदलीय व्यवस्था पुनर्बहालपछि पहिलोपटक एकै चरणमा स्थानीय तह निर्वाचन हुँदै छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाबाहेक ७५२ पालिकामा बिहान ७ देखि बेलुका ५ बजेसम्म निर्वाचन हुनेछ ।