२०८१ जेठ ४, शुक्रबार    

काठमाडौं महिला क्रिकेट च्याम्पियन

२०७८ चैत्र १, मंगलबार १९:०२ बजे

प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् महिला क्रिकेटको उपाधी काठमाडौंले जितेको छ ।

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको महिला क्रिकेटको उपाधी काठमाडौंले जितेको छ । चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं प्रदेश च्याम्पियन भएको हो । काठमाडौंले एक विकेट गुमाएर २० ओभरमा १६२ रनको चुनौती चितवन सामू पेश गरेको थियो । चितवनले २० ओभरमा ४ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो । काठमाडौंको तर्फबाट कञ्चन श्रेष्ठले ७० र अस्मिता खरेलले ४३ रन बनाएकी थिइन् ।

विजेता तथा उपविजेतालाई भरतपुर महानगरपालिकाका मेयर रेणुकुमारी दाहाल, वाग्मती प्रदेश खेलकुद परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले प्रमाणपत्र सहित पुरस्कार वितरण गरेका थिए । पुरुषतर्फको खेल बुधबारबाट हुनेछ । रामेछाप र नुवाकोट र रसुवा र धादिङबीच प्रतिस्पर्धा हुने खेल संयोजक प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।