२०८१ बैशाख २२, शनिबार    

मीना लामालाई अग्रता

२०७९ जेठ ४, बुधबार ००:०० बजे

हेटौंडा उपमहानगरपालिकामा मीना लामाले अग्रता कायम गरेकी छिन् ।

राति १२ बजेसम्मको मतगणना अनुसार लामा २४४ मतले अगाडि रहेकी छिन् । उनले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई पछाडि छाडेकी छिन् । कुल ३० हजार ६२ मतगणना गर्दा लामाले ९ हजार ३५७ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा रहेका सिंहले ९ हजार ११३ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेका अनन्तप्रसाद पौडेलले ७ हजार ९५५ मत प्राप्त गरेका छन् ।