२०८१ जेठ ४, शुक्रबार    

फराकिलो जीतसहित मकवानपुर सेमिफाइनलमा

२०७८ चैत्र २, बुधबार १८:५८ बजे

फराकिलो जीतसँगै हेटौंडामा जारी प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष फुटबलतर्फको खेलमा मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा सिन्धुलीलाई ३–० गोलअन्तरले पराजित गर्दै मकवानपुर अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो । मकवानपुरको जीतमा ललित चौलागाईंले १८ औं मिनेटमा, सुनिल घलानले ४५ औं र समिरराज थोकरले ७४ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच मकवानपुरका सुनिल घलान घोषित भए ।

खेलभर सिन्धुलीमाथि मकवानपुर हावी भएको थियो । सेमिफाइनलमा मकवानपुरले फाइनल प्रवेशका लागि भक्तपुर र दोलखावीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगसी धादिङले काभ्रेलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । धादिङको जीतमा एकमात्र निर्णायक गोल विपिन कडेँले गरे । उनले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए ।