२०८१ बैशाख २३, आईतबार    

कांग्रेस मकवानपुरको अन्तिम मत परिणाम सार्वजनिक

२०७८ फाल्गुन २०, शुक्रबार ०५:५० बजे

नेपाली कांग्रेस मकवानपुरको १५ गतेबाट सुरु भएको जिल्ला अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बिहीबार अन्तिम मत परिणाम सार्वजनिक भएको हो । यसअघि सभापति र पदाधिकारीको मत परिणाम सार्वजनिक भएपनि जिल्ला सदस्यहरुको भने बाँकी रहेको थियो ।

आदिवासी जनजाति खुलातर्फ जिल्ला सदस्यमा ईश्वरकुमार रुम्बा (७९४ मत), कालु घलान (९२७ मत), गोपीराम बल (६६७ मत), विरोध मोक्तान (६३७ मत), राजकुमार गोले (८२३ मत) र राजकुमार वाइबा (७५६ मत) विजयी भए । आदिवासी जनजाति खुलातर्फका उम्मेदवारहरु ईश्वरलाल श्रेष्ठ (५५७ मत), दीपककुमार नगरकोटी (४७३), फुलमान श्रेष्ठ (४९१), मणिकलाल मोक्तान (६२१), योगेन्द्रमान श्रेष्ठ (५३३) र राजकुमार बलामी (५४५) पराजित भए ।

खसआर्य महिलातर्फ प्रमिला खतिवडा (७५३), संजिता सिग्देल ‘ममता’ (७४१) विजयी हुँदा देवकुमारी बस्नेत (६६९) र राजुमैयाा कार्की (४९२) पराजित भए । खसआर्य खुलातर्फ इन्द्रकुमार बर्तौला (४९८) र होमनाथ गौतम (५१४) विजयी हुादा आलोकराज पौडेल (२३६), विष्णुप्रसाद ढुंगाना (३४९), यादवराज उप्रेती (२९२), शिवप्रसाद खनाल (४४६), शिवबहादुर थापा (४४७) पराजित भए । आदिवासी जनजाति महिलातर्फ कृति ग्यालन (८९१), गीता राई (७०६), निर्मला गोले (७५८), सर्मिला श्रेष्ठ (७८५) र सञ्जु थापा मगर (७१४) विजयी भएका थिए भने भवानी प्रधान (४८८), मन्जुमाया भुलुन (६२०), शान्तिमाया थिङ (६६८) पराजित भए ।

हेटौंडा उपमहानगरपालिकाको खुलातर्फ ईश्वर पण्डित (५५२), धीरेन्द्र लामा (४८९), शैलेन्द्रराज बानियाा (६३९) विजयी भए । उपमहानगरतर्फका उम्मेदवारहरु कपिल अर्याल (२९९), गणेशहरि उप्रेती (२८३), गोपालप्रसाद दुलाल (३२६), चुडाप्रसाद उप्रेती (४१२), पूर्णप्रसाद पुडासैनी (२१०), बिष्णुबहादुर दाहाल (२६०), रामप्रसाद अधिकारी (१९७) र सुनिल अधिकारी (३८०) पराजित भए । हेटौंडा उपमहानगरपालिका महिलातर्फ जिल्ला सदस्यमा ताराकुमारी राई कार्की (१०३१), सोममाया मोक्तान (७१३) विजयी हुादा रीताकुमार घिमिरे (५६३) र सुशीला न्यौपाने (४२६) पराजित भइन् ।

थाहा नगरपालिका महिलातर्फ सुनमाया भोम्जन निर्विरोध भएकी थिइन् । थाहा नगरकै खुलातर्फ नवराज लामा (८८१) र भीमबहादुर भोम्जन (७७४) विजयी हुँदा नविन अधिकारी (३६०), पदमसिंह खड्का (२९१) र राजभाई गोपाली (५३३) पराजित भए । कैलाश गाउापालिका महिलातर्फ मीना गुरुङ (६५२) विजयी भएकी थिइन् भने लालिमाया योञ्जन (६३२) पराजित भइन् । कैलाश गाउँपालिकाकै खुलातर्फ उदासकुमार भ्लोन (७७६) निर्वाचित हुँदा बुद्धिबहादुर घलान (६१५) पराजित भए । राक्सिराङ गाउँपालिकाको महिलातर्फ बच्चीमाया नेगी सर्वसम्मत भएकी थिइन् भने खुलातर्फ जयबहादुर तितुङ (५९२) विजयी हुादा अशोक घलान (५०४) र छत्रबहादुर तामाङ (३४१) पराजित भए ।

मनहरी गाउँपालिकाको महिलातर्फ अम्बिकाकुमारी घिमिरे अधिकारी (७०७) निर्वाचित हुँदा कमला मैनाली (६१५) पराजित भइन् । खुलातर्फ भने चन्द्रबहादुर न्यौपाने (६८३) विजयी हुादा रामचन्द्र कालाखेती (६८८) पराजित भए । बागमती गाउँपालिका महिलातर्फ जिल्ला सदस्यमा सुनिता राई (७८३) विजयी हुँदा मनमाया नेपाली (७१७) पराजित भइन् । बागमतीकै खुलातर्फ शेरबहादुर राना मगर ‘क्षितिज’ निर्विरोध चयन भएका थिए । बकैया गाउँपालिकाको महिलातर्फ चमेली लामा डिम्डुङ (९१९) विजयी हुँदा डम्बरीकुमारी गिरी (४६०) पराजित भइन् । खुलातर्फ भने सेतेमान बल निर्विरोध भएका थिए ।

मकवानपुरगढी गाउँपालिका महिलातर्फ भीमकुमारी न्यौपाने निर्विरोध चयन भएकी थिइन् । खुलातर्फ माधवप्रसाद न्यौपाने (८२५) विजयी हुँदा रामजीप्रसाद न्यौपाने (६०९) पराजित भए । भीमफेदी गाउँपालिका महिलातर्फ संगिता राना मगर (९३०) विजयी हुँदा निर्मला श्रेष्ठ (४५४) पराजित भइन् । खुलातर्फ अर्जुनप्रसाद पुडासैनी (७६४) विजयी भएका थिए भने नमराज बर्तौला (६१५) पराजित भएका थिए । ईन्द्रसरोवर गाउँपालिका महिलातर्फ निर्मला रुम्बा र खुलातर्फ बिष्णुकुमार कार्की निर्विरोध चयन भएका थिए ।

कांग्रेसको सभापति पदमा बुद्ध लामा, उपसभापतिमा धर्म लामिछाने र आनन्द कठायत, सचिवमा भीमसेन महत र ईश्वरकुमार पाठक तथा सहसचिवमा ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं निशान विजयी भएका थिए ।