२०८१ बैशाख २४, सोमबार    

पल शाहविरुद्ध गैंडाकोटमा पनि बलात्कारको उजुरी दर्ता

२०७८ फाल्गुन १५, आईतबार १६:०५ बजे

अभिनेता पल शाहले करिब एक वर्षअघि गैंडाकोटस्थित एक होटलमा आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले गैंडाकोट प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

प्रहरीमा दर्ता गराइएको जाहेरीमा पल शाहले आफूलाई २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा जबरजस्ती करणी गरेको आरोप लगाइएको छ । ती युवतीले आफूलाई सुटिङका लागि गैंडाकोट आएका बेलामा शाहले करणी गरेको दाबी गरेकी छिन् ।

गैंडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन युवती र उनका बाबु प्रहरी कार्यालय पुगेका थिए । निवेदनउपर तत्कालै अनुसन्धान सुरु गरिने निरीक्षक पाण्डेले बताइन् ।