२०८१ बैशाख २८, शुक्रबार    

युवतीमाथि छुरा प्रहार गर्ने यादव २७ दिनपछि पक्राउ

२०७९ बैशाख ८, बिहीबार १९:४९ बजे

२४ बर्षीया युवतीमाथि छुरा प्रहार गर्ने एक युवक २७ दिनपछि पक्राउ परेका छन् । ११ चैतमा हेटौंडा–८ कमानेस्थित स्मृति टोलमा अनिशा राईमाथि छुरा प्रहार गर्ने सिर्जन यादव बिहीबार २७ दिनपछि पक्राउ परेका हुन् ।

अनिशामाथि छुरा प्रहारपछि फरार यादव आफैं जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गरिरहेको अवस्थामै यादव प्रहरीको सम्पर्कमा आएको प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

हेटौंडा–२ का २९ वर्षीय यादवले छुरा प्रहार गर्दा युवतीको घााटीको पछाडि भागमा चोट लागेको थियो । राईको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गरेपछि केही दिनअघि डिस्चार्ज गरिएको छ । अनिशा उपचारपछि हेटौंडास्थित घरमै छिन् ।

मकवानपुर बहुमुखी क्याम्पस एम एड तेस्रो सेमेस्टरमा अध्ययनरत राई मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जाल सदस्य, सानाहातहरु नेपालका सदस्य, सुरक्षित वैदेशिक रोजगार परामर्श दाताको रुपमा कार्यरत रहेकी थिइन् ।

अनिशाको परिवारले भने यादवले हत्या गर्ने योजनाअनुसार शरिरको विभिन्न भागमा छुरा प्रहार गरेको आरोप लगाउादै आएको छ । अभियुक्त यादवलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट प्रहरीले बुधबार ५ दिनको म्याद थप गरेका जनाएको छ ।