२०८१ बैशाख २३, आईतबार    

८ जिल्ला अस्पतालमा नयाँ अध्यक्ष नियुक्त

२०७८ फाल्गुन १, आईतबार १०:११ बजे

हेटौंडा/ वाग्मती प्रदेश सरकारले आठवटा जिल्ला अस्पताल व्यवस्थापन समितिमा नयाँ अध्यक्ष नियुक्त गरेका छ ।

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले अघिल्लो सरकारले नियुक्त गरेको १३ आयुर्वेद केन्द्र र १३ वटा जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्षको नियुक्ती खारेज गर्दै नयाँ नियुक्त गरेका हुन् । प्रदेश सरकारले अघिल्लो सरकारले गरेको नियुक्ती धमाधम खारेज गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला आयुर्वेद केन्द्र मकवानपुरमा सुदीप बर्तौला, सिन्धुली अस्पताल अध्यक्षमा विजय कुवँर, भक्तपुर अस्पतालमा रमण कायस्थ, रामेछापमा यमकुमार पाख्रिन, चौतारा अस्पताल सिन्धुपाल्चोकमा टंकबहादुर कार्की, बज्रबाराही अस्पताल ललितपुरमा कृष्ण चन्द्र महर्जन र चरिकोट अस्पताल दोलखामा जयराम श्रेष्ठलाई नियुक्त गरेको हो ।

बाँकी अस्पताल अध्यक्ष यसैहप्ताभित्र नियुक्त गर्ने गरी मन्त्रालयले तयारी अगाडि बढाएको छ । हाल गठबन्धनमा रहका दलहरुको सहमतिमा थप अस्पतालमा अध्यक्ष नियुक्त गर्ने बुझिएको छ ।