२०८१ बैशाख २३, आईतबार    

दुवै खुट्टा गुमाएकी चौधरीलाई आँखाको सहारा

२०७८ फाल्गुन ३०, सोमबार १४:५४ बजे

हेटौंडा/ क्यान्सरको कारण दुवै खुट्टा काट्नु परेको बारागढी गाउँपालिका–५ बाराकी गिरीजा चौधरी मोतिविन्दुको शल्यक्रिया हेटौंडामा भएको छ ।

हेटौंडा सामुदायिक आँखा अस्पतालमा उनको नि:शुल्क शल्यक्रिया भएको हो । बारागढीमा अस्पतालले आयोजना गरेको नि:शुल्क आँखा शिविर सञ्चालनमा उनी उपचारका लागि आएकी थिइन् । उनको आँखामा मोतियाविन्दु भएको पुष्टि भएपछि हेटौंडामा सोमबार अप्रेशन गरिएको अस्पतालले जनाएको छ । उनीसँगै ८० जना मोतिविन्दुका विरामीको अप्रेश गरिएको अस्पतालका वरिष्ठ प्रशाकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।

उनी आफ्नो पतिको साथमा अस्पतामाल आएकी थिइन् । उनको दाया आँखा अप्रेशन गरिएको अस्पतालले जनाएको छ ।
क्यान्सका कारण दुवै खुट्टा गुमाएकी चौधरी लामो समयदेखि व्हिलचेयरको मदतमा हिँडडुल गर्ने गर्थिन । ‘अप्रेशन सफल भएको छ । अब उहाँले देख्न सक्नुहुन्छ ।’, श्रेष्ठले भने ।