२०८१ बैशाख १३, बिहीबार    

भाडा वृद्धिको विरोधमा उद्योगी आन्दोलित

२०७९ मंसिर २३, शुक्रबार २०:३१ बजे

औद्योगिक क्षेत्रको भाडा वृद्धिको निर्णय फिर्ता लिन माग गर्दै उद्योग संघ मकवानपुरले ७ दिनको अल्टिमेटम सहित पत्र बुझाएको छ ।

भाडा वृद्धिको निर्णय फिर्ता नलिए हेटौंडा औद्योगिक क्षेत्र ठप्प पार्ने चेतावनी दिएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकतर्फी रुपमा गरेको भाडावृद्धिको निर्णय संघले नमान्ने जनाएको छ । शुक्रबार उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विडारीलाई ७ दिने अल्टिमेटम पत्र बुझाएका छन् । अल्मिेटमपत्र बुझाउन गएका उद्योगी व्यवसायीले हातमा कालोपट्टी बाँधेका थिए ।

भूकम्प, नाकाबन्दी, कोभिड जस्ता महामारीले थलिएको औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न संघले भनेको छ ।