२०८१ बैशाख १२, बुधबार    

सहकारीद्वारा नि:शुल्क चिया र पानीको व्यवस्था

२०७९ श्रावण २३, सोमबार १२:५४ बजे

ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले नि:शुल्क चिया र पानी वितरण गरेको छ ।

सहकारीले हेटौंडा–५ स्थित पशुपति मन्दिरमा प्रत्येक सोमबार दर्शनार्थीहरुलाई नि:शुल्क चिया र पानीको व्यवस्था गरेको हो । सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत् उक्त कार्य गरेको सहकारीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।

‘हामीले विभिन्न समयमा आवश्यकता अनुसार सामाजिक कार्य गरिरहेको छौं । आगामी दिनमा पनि गर्नेछौं ।’, श्रेष्ठले सहकारीले सामाजिक, उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी समेत बढाउँदै लगिरहेको छ ।