२०८१ बैशाख २६, बुधबार    

सन्तोष चौलागाईलाई पदमै रहेर काम गर्न अदालतको आदेश

२०७८ चैत्र २३, बुधबार १९:४२ बजे

वाग्गमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमै रहेर काम गर्न दिन उच्च अदालत पाटन हेटौँडा इजलाशले आदेश जारी गरेको छ ।

उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायाधीश चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलाशले चौलागाईलाई पदबाट हटाउने बागमती प्रदेश मन्त्री परिषद्को निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै चौलागाईलाई पदमै रहेर काम गर्न दिन आदेश जारी गरेको हो ।

चौलागाईलाई यसअघि बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले मन्त्री परिषदको बैठकको निर्णय अनुसार पद मुक्त गरेको थियो । चौलागाईले मुख्यमन्त्री र विभागीय मन्त्रीसँग समन्वय नगरी काम गरेको, परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, प्रदेश सरकारको लोगो दुरुपयोग गरेको भन्दै पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।