२०८१ जेठ ४, शुक्रबार    

अनेम संघ मकवानपुरले मनायो नारी दिवस

२०७८ फाल्गुन २५, बुधबार ११:४९ बजे

हेटौंडा/नेकपा एमाले निकट भातृ संगठन अखिल नेपाल महिला संघ मकवानपुरले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मकवानपुरमा भव्य रुपमा मनाइएको छ ।

संघका अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षता तथा अखिल नेपाल महिला संघका केन्द्रीय सचिवालय सदस्य जुनेलीमाया श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले सन् १९१० मा श्रमिक महिलाहरुको आन्दोलनले समान ज्याला र समान काम गर्ने समय निर्धारण भएको बताए ।

महिलाहरुले भोट हाल्ने अधिकार सुनिश्चित भएदेखि वर्तमान समयमा निर्वाचित भइ संघीय संसद, प्रदेश संसद र स्थानीय पालिकामा महिलाहरुको प्रतिनिधित्व भएको बताए । नेकपा एमाले मकवानपुर जिल्ला इञ्चार्ज रामेश्वर रानाले योगमायाले गरेको सहकार्य स्मरण गरेका थिए । योगमायाले महिला अधिकारका लागि लडेको र समाजमा भएको विकृति, कुरिती हटाउन उनले गरेको योगदानले वर्तमान समयमा धार्मिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा अग्रणी भूमिका रहेको रानाले बताए ।