२०८१ बैशाख २१, शुक्रबार    

गाँजासहित भीमफेदीबाट ५ जना पक्राउ

२०७८ फाल्गुन १६, सोमबार १८:४५ बजे

हेटौंडा/ मकवानपुर प्रहरीले करिब १० किलो अवैध लागूऔषध गाँजासहित ५ जनालाई पक्रेको छ । भीमफेदी गाउँपालिका–२ भैंसे प्रहरी चौकी अगाडी चेकिङको क्रममा गाँजासहित ५ जना पक्राउ परेका हुन् ।

भीमफेदीबाट हेटौंडातर्फ आउँदै गरेको बा ०३–००१ च ११४४ नम्बरको टाटा योद्धा गाडी चेकिङको क्रममा छ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–५ बस्ने ३२ बर्षीय सविन रिजाल, सोही स्थान बस्ने २५ बर्षका सोमसिंह घलान, ६० बर्षकी जुठीमायाा घलान, ६७ बर्षका मानबहादुर घलान र सोही स्थानका ५० बर्षका संचारसिंह घलान रहेका छन् । उनीहरुको साथबाट ९ किलो ८०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजा र गाडीसहित पक्राउ परेका ५ जनालाई नै जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद अनुमति लिएर थप अनुसन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी जयश्वर रिमालले जानकारी दिए ।