२०८१ जेठ १, मंगलबार    

बागमती प्रदेशका उत्कृष्ट ५ जना किसानहरुलाई नगद सहित सम्मान

२०७८ चैत्र १३, आईतबार १७:४८ बजे

आज हेटौंडामा भएको कृषि विकास निर्देशनालय तथा पशुपन्छी विकास निर्देशनालयको चोमासिक प्रगति समिक्षा गोष्ठीमा बागमती प्रदेशका उत्कृष्ट ५ जना किसानहरुलाई नगद सहित सम्मान गरिएको हो । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत प्रथमहुने चेतना कृषि तथा पशुपन्छी फर्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपैँया सहित पुरस्कृत गरिएको हो ।

दितिय हुने दिदी बहिनी कृषि फर्म भक्तपुरकी गिता रिजाललाई नगद ४५ हजार, तृतिय हुने थाहा पौरखी कृषि प्रा.लिकी बरी बललाई नगद ४० हजार सहित पुरस्कृत गरिएको थियो । यस्तै चौथो हुने कामना फलफुल बहुउदेश्यिय नर्सरी फर्म रामेछापलाई नगद ३५ हजार र पाचौं हुने न्यू महाङ्काल कृषि फर्म काभ्रेलाई नगद ३० हजार सहित पुरस्कृत गरिएको थियो ।

प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्र मार्फत प्रत्येक जिल्लाबाट ३ जनाको दरले ३७ जना कृषकहरुको प्रस्ताव कृषि विकास निर्देशनालयले सङ्कलन गरेको थियो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको नेतृत्वको प्रदेशिक समितिले उत्कृष्ट ५ जना कृषकहरुलाई पुरस्कृत गर्न छनोट गरेको थियो ।

पुस्कार वितरणपछि बागमती प्रदेशको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले यस आर्थिक वर्षमा हालसम्म गरेका कामहरुको प्रगति विवरण समेत सार्वजनिक गरेको छ । भोलि जिल्लागत कार्यालयहरुले आफ्नो प्रगति विवरण प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।