२०८१ बैशाख २३, आईतबार    

प्रदेश सरकारलाई झट्का, ८ जिल्ला अस्पतालका अध्यक्ष पुनर्बहाली

२०७८ फाल्गुन २३, सोमबार १३:२७ बजे

हेटौंडा/ वाग्मती प्रदेश सरकारलाई झट्का लागेको छ । आफूअनुकूल कार्यकर्ता भर्ती गर्ने उद्देश्यले पदबाट हटाइएकोहरु धमाधम पुनर्बहाली हुन थालेपछि प्रदेश सरकारको निर्णय संकटमा पर्न थालेको हो ।

सर्वोच्च अदालतको अल्पकालीन आदेशले एक महिनाअघि हटाइएका वाग्मती प्रदेशका ८ जिल्लाका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष पुनर्बहाली भएका छन् । गतमाघ २१ गते वाग्मती सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ८ अस्पतालका अध्यक्षलाई बर्खास्त गरी नयाँ अध्यक्ष नियुक्त गरेको थियो । आफू बहाली छँदै हटाएर अन्याय गरेको भन्दै जिल्ला अस्पताल रसुवाका अध्यक्ष रामशरण कुइाकेलले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रामशाहपथ, वाग्मती सरकारको स्वास्थ्य मन्त्रालय लगायतलाई विपक्षी बनाइ सर्वोच्चमा निवेदन दिएका थिए ।

उनको निवेदनउपर सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजालसले विपक्षको नाममा अल्पकालीन आदेश दिएका हुन् । अल्पकालीन आदेशले हटाइएको अध्यक्षहरुलाई काम गर्ने बाटो खुलेको छ ।