२०८१ जेठ ७, सोमबार    

कमल थापाद्वारा पार्टी परित्यागको घोषणा

२०७८ माघ २५, मंगलबार १३:५५ बजे

हेटौंडा/ राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।
मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै थापाले पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीति पार्टीको भित्रै विताउने र पाटी मै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’, उनले पत्रकार सम्मेलनमा भने ।
उनले आफ्नो राजनीति जीवनको करिब ३१ वर्ष राप्रपामा विताएका बताए । उनले नयाँ दल खोल्ने विषयमा आन्तरिक छलफलको क्रममै रहेको बताए ।