२०८३ भाद्र १६, मंगलबार    

हेटौंडा–९ स्थित गुम्बाचोकमा आगलागी

२०७८ फाल्गुन ९, सोमबार १७:४९ बजे

हेटौंडा/ हेटौंडा–९ स्थित गुम्बाचोकस्थित एक घरमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरक अनुसार जस्ता र काठले बनेको घरमा आगलागी भएको हो । अहिले इलाका प्रहरी कार्यालय पशुपति नगर, रातोमाटे प्रहरी गण र हेटौंडा उपमहानगरपालिकाको दमक टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ । घरधनीको पहिचान भने खुलिसकेको छैन ।

‘ निभाउने काम भइरहेको छ । कसरी आगलागी भयो भन्ने थाहा भइसकेको छैन ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले भने ।