२०८१ बैशाख १४, शुक्रबार    

प्रदेश खारेजीको माग गर्ने बेला भएको छैन : मन्त्री खनाल

२०७९ भाद्र २, बिहीबार १४:३० बजे

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णशर्मा खनालले प्रादेशिक संरचना खारेजीको माग गर्ने बेला नभएको बताएका छन ।

विहीबार हेटौंडास्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री खनालले प्रादेशिक संरचना खारेजीको विषयमा केही आवाज उठेपनि तत्काल टिकाटिप्पणी गर्नु गलत हुने दावी गरेका छन् । ‘संघीय र स्थानीय सरकारले लामो इतिहास रहेको छ । प्रदेश स्थापना भएको धेरै समय भएको छैन । जसको कारणले गर्दा अहिले नै यसविषयमा प्रश्न उठाउनु गलत हुनेछ ।’, उनले भने ।

‘संघीयताको मेरुदण्डको रुपमा रहेको प्रादेशिक संरचनालाई सिर्जनात्मकरुपमा अगाडि बढाउन कानुनहरु परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ । त्यो काम हामीले गरिरहेका छौं ।’, उनले भने ।

उनले पर्याप्त जनशक्तिको अभाव, समयमा संघीय कानुन निर्माण नगर्दा प्रदेशले समस्या झेल्नु परेको बताए ।