२०८१ बैशाख २०, बिहीबार    

छैठौं राजर्षी जनक कप फुटबल, पिप्ले शेर्पासंग भिड्दै

२०७८ चैत्र ६, आईतबार १२:२८ बजे

वाग्मती युवा क्लव सर्लाहीको आयोजनामा एवम् बागमती नगरपालिकाको सहयोगमा सर्लाहीमा जारी छैठौं राजर्षी जनक कप फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार साविक विजेता पिपले युवा क्लवले हिमालयन शेर्पा क्लवसंग खेल्दैछ ।

आजको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगितामा साविक विजेता हेटौंडाको पिप्ले युवा क्लवसहित १२ टिमको सहभागिता रहेको छ । शेर्पाले उद्घाटन खेलमा ध्रुवतारा स्पोर्टिङ क्लव झापालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाउँदा पिप्ले भने सिधै क्वार्टरफाइनलमा रहेको थियो । चैत्र १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले ५ लाख ५ सय रुपैयाासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

ए डिभिजन लिगका खेलाडीसहित मकवानपुरका खेलाडीलाई समेटेर टिम बनाइएको जानकारी दिइएको छ । क्लवका प्रशिक्षक सुविन घिमिरेले प्रतियोगितामा आफ्नो टिमबाट सहभागी हुने खेलाडीहरु हेटौंडा आइसकेको जानकारी दिए । वाग्मती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलतर्फ मकवानपुरका खेलाडीहरु फाइनल प्रवेश गरेको र फाइनल खेल आइतबार नै भएकोले पिप्लेलाई केही समस्या भने देखिएको छ । प्रतियोगिताको पााचौ संस्करण जस्तै छैठौं संस्करण पनि जित्ने योजना रहेको प्रशिक्षक घिमिरेले बताए ।