२०८१ बैशाख ३१, सोमबार    

घरमा गाँजा लुकाउने भुलुन पक्राउ

२०७९ जेठ २९, आईतबार १८:२३ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले १ किलो ४ सय ग्राम गाँजासहित बकैया–५ की ३५ वर्षीया फुलमाया भुलुनलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी हात्तीसुडेँबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो १ बजेको समयमा राक्सिराङ–१ स्थायी घर भइ हाल बकैया–५, कर्मचुली बस्ने भुलुनलाई नियन्त्रणमा लिएको हो । भुलुनको घरमा चेकजाँच गर्दा घरभित्र्र राखिएको अवस्थामा गाँजा भेटिएको हो ।

प्रहरीले लागूऔषध गाँजासहित भुलुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।