२०८१ बैशाख ३१, सोमबार    

हेटौंडा अस्पताललाई ५१ लाखको स्वास्थ्य समाग्री हस्तान्तरण

२०७८ माघ १३, बिहीबार १५:०८ बजे

हेटौंडा/ संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेटौंडा अस्पताललाई करिब ५१ लाख रुपैयाँ बराबरको स्वास्थ्य समाग्री उपलब्ध गराएको छ ।

विहीवार प्रदेश स्वास्थ्य मन्त्री निमा लामाले अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट डा. रामचन्द्र सापकोटालाई २ वटा भेन्टिलेटर, १० वटा वेड साइड लकर र दुईवटा मनिटर गरी ५१ लख रुपैयाँ बराबरको स्वास्थ्य साम्रगी हस्तातरण गरेका छन् । स्वास्थ्य साम्रगी हस्तातरण गर्दै मन्त्री लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् रहेको हेटौंडा अस्पतालाई जिल्लाको अस्पताल मात्र नभएर प्रदेशकै सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न आफू तत्पर रहेको बताए ।

वाग्मती प्रदेशसभा सदस्य मुनु सिग्देलले हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्य सेवाको अभावले गर्दा बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटाउन आफूले पहल गरिरहेको बताइन् । अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट सापकोटाले हाल अस्पतालमा संघिय सरकारको सहयोगसंगै भेन्टिलेटरको संख्या १२ वटा पुगेको जानकारी दिए । १२ वटा भेन्टिलेटरले २५ वटा वेडसम्मलाई सेवा दिनसक्ने उनले बताए ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाका प्रमुख स्वकीय सचिव माधव तिमल्सिनाको विशेष पहलमा स्वास्थ्य सामग्री हेटौंडा ल्याइएको हो ।