२०८१ जेठ ५, शनिबार    

चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना

२०७८ चैत्र ७, सोमबार १४:४८ बजे

 चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । १३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ । 

दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन ।कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १स् १५ मा र ग्वाङ्झाउ प्रान्तमा ३स् ०७ मा अवतरण हुने तालिका थियो ।

जहाज दुर्घटना भएपछि जङ्गलमा आगो लागेको देखिएको र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ ।दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।