२०८१ जेठ ४, शुक्रबार    

राजकुमार न्यौपानेद्वारा ढुंगेधाराको संरक्षण गर्न ५१ हजार सहयोग

२०७८ चैत्र २, बुधबार १९:०५ बजे

हेटौंडा–९ स्थित औद्योगिक क्षेत्रमा रहेको ढुंगेधाराको संरक्षण एवम् विकासको लागि मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजकुमार न्यौपानेले रकम सहयोग गरेका छन् ।

ढुंगेधारा क्षेत्रको भौतिक संरचनाको विकास गर्न न्यौपानेले ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । वुधबार एक कार्यक्रमका बीच उनले हेटौंडा–९ का अध्यक्ष लक्ष्मण भण्डारीमार्फत् प्राचिन ढुंगेधारा संरक्षण उपभोक्ता समितिका अध्यक्ष बलराम मिश्रलाई चेक हस्तान्तरण गरेका हुन् ।

न्यौपानेका स्वर्गीय बुवा बज्रबहादुर न्यौपानेको दाहसंस्कारको काममा त्यहाँ भौतिक संरचनाको अभाव देखिएकोले आफूले सहयोग गरेको उनले बताए । कार्यक्रममा उनका दाजु रामहरि न्यौपाने, भाउजू सति न्यौपानेसहित वडा नं ९ का अगुजा तथा युवाहरुको उपस्थिति थियो ।