२०८१ बैशाख २१, शुक्रबार    

मनहरीमा दुईवटा शव भेटियो

२०७९ बैशाख २८, बुधबार १२:४० बजे

मनहरी गाउँपालिकाको छुट्टा–छुट्टै स्थानमा २ जनाको शव फेला परेको छ ।

मनहरी गाउँपालिका – ७, मनहरी बजार र वडा नम्बर ९ को रजैयामा एकएक जनाको शव फेला परेको ईलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । प्रहरीले दुबै शव मृतकको घरमानै फेला परेको हो ।

मनहरी बजारका ५७ वर्षीय राजु प्रसाद रौनियार गएराति आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रौनियार आफ्नो तीन तलाको घरको छतमा सुत्ने गरेको र आज बिहान परिवारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ ।

यसैगरि, मनहरीकै रजैयामा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार स्थानीय ४२ वर्षीया अनिता गौपाली आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।

गौपाली आफ्नै घरमा एक्लै बस्दै आएको र आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।