२०८१ जेठ ७, सोमबार    

रविन्द्र घिमिरेद्वारा उम्मेदवारी फिर्ता

२०७९ बैशाख १६, शुक्रबार १७:५७ बजे

नेपाली कांग्रेसका युवा नेता रविन्द्र घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टीले हेटौंडा–२ को टिकट दिएपनि उम्मेदवार बन्न नपाएका घिमिरेले स्वतन्त्रमा वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए । कांग्रेसले हेटौंडा–२ को वडाअध्यक्ष विष्णुगोपाल महर्जनलाई आधिकारिक मानेपछि घिमिरे व्याक भएका हुन् । पार्टीले उनलाई जिल्ला सदस्य समेत मनोनित गरेको छ । उनले आफूले उम्मेदवारी झिकेपनि पार्टीलाई जिताउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले आफू निकटका कार्यकर्तालाई पनि गठबन्धनको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् ।