२०८१ जेठ ७, सोमबार    

कांग्रेस मकवानपुर सचिवमा ५ जनाको दावी

२०७८ फाल्गुन ८, आईतबार १२:३९ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्नेको लहर चल्न थालेको छ ।

सभापतिमा करिब ४ जनाले दावेदारी प्रस्तुत गरिरहँदा सचिवमा भने ५ जनाले आकांक्षा व्यक्त गरेका छन् । हाल जिल्ला सचिवमा यतिराज सापकोटा, भीमसेन महत, इश्वर पाठक, राजु खतिवडा र इश्वर पण्डितको नाम चर्चामा रहेको छ । सापकोटा, खतिवडा र पण्डित संस्थापन पक्षधर हुन भने महत र पाठक संस्थापन इतरको उम्मेदवार हुन् ।

सापकोटा पार्टीका पूर्वक्षेत्रीय सभापति, महत जिल्ला सदस्य, पाठक तरुण दल मकवानपुर अध्यक्ष तथ खतिवडा नेविसंघ मकवानपुर अध्यक्ष तथा पण्डित पूर्वजिल्ला सदस्य हुन् । सापकोटाले खुलेरै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका आनन्दराम पराजुली र आफ्नो पक्षमा मत मागिसकेका छन् । पाठक पनि सभापतिका उम्मेदवारी घोषणा गरेका जयराम लामिछानेको पक्षमा माहौल सिर्जना गर्न घरदैलोमा पुगिरहेका छन् । महत, खतिवडा र पण्गितले भने सभापतिमा आफ्नो उम्मेदवार क्लिएर गरिसकेका छैनन् ।

हालसम्म सभापतिमा सचिव बुद्ध लामा र कार्यबाहक सभापति विष्णु लामिछानले पनि उम्मेदावरी दावी गरिरहेका छन् ।