२०८१ बैशाख ८, शनिबार    

माघ मसान्तसम्म विद्यालय बन्द गरिने

२०७८ माघ १४, शुक्रबार १९:०९ बजे

काठमाडौं/ सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।

उनका अनुसार भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस भएको छ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो ।

यस्तै कलेज, ट्युसन सेन्टरलगायतमा पनि यही निर्णय लागू हुनेगरी सिफारिस भएको छ ।