२०८१ बैशाख ८, शनिबार    

जिल्ला समन्वयमा कांग्रेसको दावी, एमाले–माओवादी गठबन्धनको तयारीमा

२०७९ जेठ २४, मंगलबार १९:४८ बजे

जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्वमा कांग्रेसले दावी गरेको छ ।

कांग्रेसले दावी गरेसँगै माओवादी केन्द्र र नेकपा एमाले तालमेल गर्ने तयारीस्वरुप आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस सभापति बुद्ध लामाले मंगलबार पत्रकार सम्मेलनमा कांग्रेस सबैभन्दा ठूलो दल भएको र जिल्लाका स्थानीय तहमा आफ्नै पार्टीबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेकोले आफुहरुले दावी गरेका थिए । उनले जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेसकै नेतृत्वमा अघि बढ्ने गरी गठबन्धन दलहरुबीच छलफल भइरहेको दावी गरेपनि माओवादी–एमालेवीच सहमति हुने सम्भावना रहेको छ ।

जिल्ला समन्वय समितिमा कुल २० मत रहेकामा कांग्रेसको ९ मत रहेको छ । माओवादीको ७, एमालेको ३ र नेकपा (समाजवादी) को १ मत रहेको छ । कांग्रेसको एकल बहुमत नभएपनि दावी गरेका कारण उसलाई एक्ल्याउने तयारीमा अन्य दलहरु देखिन्छन् ।

‘हामी छलफल गरिरहेका छौं । अहिलेसम्म कांग्रेसकै नेतृत्वमा अघि बढ्ने खालको वातावरण बनेको छ । केन्द्रको निर्णय फेरिएन भने गठबन्धन अघि बढ्छ । जिससमा हाम्रो नेतृत्व हुनेछ ।’ लामाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि पनि कांग्रेस कसरी अघि बढ्ने भन्ने सन्दर्भमा आन्तरिक छलफल भइरहेको बताए ।