२०८१ जेठ ५, शनिबार    

सार्वजनिक सुनुवाइमै स्थानीय र निकुञ्जका कर्मचारीवीच घम्साघम्सी

२०७८ फाल्गुन १९, बिहीबार १६:४२ बजे

हेटौंडा/ मनहरी गाउँपालिकाका स्थानीय र पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीवीच सार्वजनिक सुनुवाइ कार्यक्रममै घम्साघम्सी भएको छ ।

लामो समयदेखि निकुञ्जको कर्मचारी र जनवारबाट पीडित स्थानीय र निकुञ्जबीच अन्तक्र्रियाको आयोजना इन्सेक मकवानपुरले मिलाइदिएको थियो । उक्त कार्यक्रममा स्थानीयले निकुञ्जका कारण आफूहरुलाई बाँच्नै समस्या हुन थालेको आरोप लगाउँदै निकुञ्जका कर्मचारीमाथि खनिएका थिए ।

निकुञ्जका कर्मचारी पनि के कम । उनीहरु पनि स्थानीयले आफूखुशी रुख काट्ने तथा विभिन्न तस्करमा संलग्न रहेका कारण आफूहरु बाध्य भएर स्थानीयलाई पक्राउ गरी अनुसन्धान गर्न बाध्य भएको बताएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रम भर पर्सा राष्ट्रिय निकुञ्ज लामिटार सेक्टर रेञ्जर विष्णु पौडेलले स्थानीयले उठाएको सवै प्रश्नको उत्तर दिइरहे ।

स्थानीयले निकुञ्जले आर्मीको सहयोगमा आतंक मच्चाएको आरोप लगाएका थिए । स्थानीयले दैनिकजसो घर खानतलासी गर्ने, आर्मीको गाडी आंतक मच्चाउने शैलीमा हिँड्ने र एउटा सानो रुख काट्दा पनि आफूहरुलाई अपराधिको जस्तो व्यवहार निकुञ्जको कर्मचारीले गरेको आरोप लगाएका थिए ।

लामो समयदेखि मनहरी गाउँपालिका र पर्सा राष्ट्रिय निकुञ्जवीच लामो समयदेखि विवाद भइरहेको छ ।