२०८१ बैशाख २०, बिहीबार    

पोग्बाले विश्वकप गुमाउने सम्भावना

२०७९ श्रावण १३, शुक्रबार ०८:०९ बजे

युभेन्ट्स फर्कदा पाउल पोग्बा दंग थिए । आफ्नो पुनरागमनलाई सुखद बनाउने उत्साहमा थिए । तर, उनले सोचे जस्तो नभएको भएको छ । उनको सुरुवात नै खराब हुने देखिएको छ । 

फ्रान्सेली मिडफिल्डर दायाँ घुडामा समस्या देखिएको छ । जसले गर्दा उनले यसै बर्ष कतारमा हुने विश्व कप पनि गुमाउने सम्भावना बढेको छ । कम्तीमा उनी २ महिना मैदान बाहिर रहन सक्ने सञ्चारमाध्मले जनाएका छन् । तर पछिल्लो रिपोर्टका आधारमा भने उनी त्यो भन्दा पनि बढी समय मैदान बाहिर रहनुपर्ने सम्भावना रहेको बताइएको छ ।

युभेन्ट्सले उनको शल्यक्रिया गराउन चाहिरहेको छ । तर त्यसले उनलाई नोभेम्बर २१ देखि डिसेम्बार १८ सम्म हुने विश्व कप गुमाउनुपर्ने हुन सक्छ । अहिलेको अवस्थामा उनी कम्तीमा ४ महिना मैदान बाहिर रहन सक्ने अनुमान गरिएको छ ।

क्लबले विश्वप्रसिद्ध चिकित्सकहरुसँग उत्कृष्ट विकल्पका बारेमा छलफल गरिरहेको बताइएको छ । विश्व कप उपाधि रक्षाका लागि पोग्बा कतार जान चाहन्छन् । फ्रान्स यसपटक पनि उपाधि दावेदारको रुपमा हेरिएको छ ।

गत सिजनको समापनसँगै पोग्बाको म्यानचेस्टर युनाइटेडमा सम्झौता समाप्त भएको थियो । क्लबले उनलाई नयाँ सम्झौता दिएपनि तलबमा सहमति हुन नसक्दा उनी युभेन्टस लागेका थिए ।