२०८१ बैशाख २३, आईतबार    

वैदेशिक रोजगारीमा जाने सबै कामदारको पीसीआर परीक्षण नि:शुल्क हुने

२०७८ फाल्गुन १३, शुक्रबार १४:५४ बजे

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै नि:शुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो ।

संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभुति दिने अभिप्रायले यस्तो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

अबदेखि सरकार अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकू, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुका लागि नि:शुल्क पीसीआर परीक्षण हुनेछ । तर त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।