२०८१ बैशाख २१, शुक्रबार    

कांग्रेस नेता बानियाँलाई विद्यालयको सम्मान

२०७८ चैत्र ९, बुधबार १५:४६ बजे

हेटौडा–६, कुमलटारमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयले नेपाली काँग्रेस वाग्मती प्रदेशका सभापति ईन्द्र बानियाँलाई बुधवार विद्यालयमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । विद्यालयको आर्थिक तथा भौतिक विकासको लागि महत्वपूर्ण सहयोग गरेकोले बानियाँलाई सम्मान गरेको विद्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै नेता बानियाँले शिक्षाको विकास नभई देशको विकास हुन नसक्ने भएका कारण देश समृद्ध हुन शिक्षाको विकास जरुरी रहेको बताए । निर्वाचनको समयमा पक्ष विपक्ष भएतापनि अरु समय सबै पार्टी मिलेर देशको विकास गर्नु पर्नेमा नेता बानियाँको जोड थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद ढुङगानाको सभाध्यक्षतामा भएको सम्मान कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, नेकपा एमाले हेटौडा–६ का अध्यक्ष विश्वराज राई, नेपाली काँग्रेस हेटौडा–६ का वडा सभापति रामहरि तिमल्सिना, शिक्षक अभिभावक संघका अध्यक्ष दिपेश नेगी, टोल विकास संस्था, वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, विद्याालयका पूर्व अध्यक्ष रविन्द्र घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयमा १ सय ६२ जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयकी प्रअ मन्दिरा घिमिरेले जानकारी दिए ।