२०८१ जेठ ५, शनिबार    

हेटौंडा–८ मा एक्लियो एमाले, राप्रपाले पनि दिएन साथ

२०७८ चैत्र ५, शनिबार १८:०९ बजे

हेटौंडा–८ मा नेकपा एमाले एक्लिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादीले वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै गरेको आन्दोलनमा राप्रपा नेपालले पनि साथ दिएपनि एमाले एक्लिएको हो ।

शुक्रबार स्थानीय राजनीतिक दलले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गर्दै तोडफोड समेत गरेका थिए । उनीहरुले सेवाग्राहीको काममा ढिलाई गर्ने, दु:ख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि देखिएपछि बाध्य भएर आन्दोलित भएको जनाएको थियो । यसअघि नै पदीय मर्यादा कायम राखेर काम गर्न र पक्षपात नगर्न सुझाव दिएपनि अटेर गरेको आन्दोलनमा उत्रिएका राजनीतिक दलको भनाई छ । उनीहरुले वडाध्यक्ष श्रेष्ठ चुनाव केन्द्रित भोट संकलन र कमाउ अभियानमा लागेको आरोप लगाएका छन् ।

राप्रपाका युवा नेता अर्जुन ढुङ्गानाले फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष श्रेष्ठको कार्यशैलीको विरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्– ‘तपाईं पुरानो एमाले भन्दा अलि अग्रगामी एमाले बन्दिनुस् न । म राप्रपा नेपाल समर्थक हुँ । तपाईलाई थाहा छ, मेरो सुझाव तपाईंलाई काम लाग्दैन । तपाईंले अरुको अस्तित्व स्वीकार्नु हुन्न त्यो पनि मलाई थाहा छ । मेरो अध्यक्ष कमल थापा र तपाईंको अध्यक्ष केपी ओलीको अहिले मुन्टो जोडिएको छ, त्यसकारण नैतिकरुपमा तपाईंको मैले बिरोध गर्न सक्दिन । यस्को अर्थ म कायर भएर हैन, एमाले पार्टी आफंैमा नराम्रो पटक्कै हैन, एमाले पार्टी भित्रका केही ब्यक्तिको प्रवृत्ति गलत हो, अब अध्यक्ष ज्युले विनापूर्वाग्रह, दम्भ घमण्ड तोडेर अरुको अस्तित्व स्वीकार गरेर अगाडि बढ्न आग्रह गर्दछु ।’

‘अहिलेलाई यत्ति भन्छु– अध्यक्ष ज्युले प्रभाब गर्ने सेवामा सेवाग्रहि हेरेर पूर्वाग्रह पूर्व गर्नुहुन्छ यो सत्य कुरा हो, यो चपेटामा म पनि परेको छु ।’, उनले आफ्नो फेसबुकमा लेखेका छन् ।

अध्यक्ष श्रेष्ठले र एमालेका प्रतिनिधिलाई बदनाम गराउने उद्देश्यले गठबन्धनका कार्यकर्ताले वडा कार्यालयमा तोडफोड गरेको दाबी गरेका छन् । घटनाबारे प्रतिक्रिया दिादै श्रेष्ठले भर्खरै टुक्रिएर गएको नेकपा एकीकृत समाजवादी र वडामा साधै हार्ने नेपाली कांग्रेसका कार्यकर्ताले वडामा एमालेको जनमत बिगार्ने उद्देश्यले तोडफोड गरेको आरोप लगाए । ‘ यो वडामा प्रतिपक्ष असाध्यै कमजोर छ । वडामा जहिले पनि हार्ने कांग्रेस र भर्खरै फुटेर गएको एकीकृत समाजवादीका नेता कार्यकर्ताले स्थानीय निर्वाचनमा जीत हात पार्न सकिन्छ भनेर यस्तो हर्कत गरे । ’ वडाध्यक्ष श्रेष्ठले भने, ‘ वहााहरुको हतास मनस्थितिको उपज हो ।’