२०८१ बैशाख २८, शुक्रबार    

एमालेले मकवानपुरमा टुंग्यायो उम्मेदवार

२०७९ बैशाख ११, आईतबार ११:५१ बजे

नेकपा एमाले मकवानपुरले स्थानीय तहको उम्मेदवार टुंग्याएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका मेयरमा संविधानसभा सदस्य अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेलाई अगाडि सारेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाको मेयरमा अच्युतम ढकाल र उपमेयरमा कल्पना बलामीलाई अगाडि बढाउने भएको छ ।

वाग्मती गाउँपालिका अध्यक्षमा खेमराज जर्गामगर र उपाध्यक्षमा धनमाया स्याङ्तान, बकैया गाउँपालिका अध्यक्षमा सरला बोलखे र उपाध्यक्ष लालबहादु स्याङ्तान, मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमगार्इं र उपाध्यक्ष सन्तु थिङले उम्मेदवारी दिने भएका छन् ।

एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठका अनुसार भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र  उपाध्यक्ष पार्वती राना, इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देबकृष्ण पुडासैनी र उपाध्यक्ष उमा लामालाई उम्मेदवार तोकिएको छ ।

कैलाश गाउँपालिका अध्यक्ष नरेन्द्रलाल रिजाल र उपाध्यक्ष सुकुमाया थिङ, राक्सिराङ गाउँपालिका अध्यक्ष बाबुलाल स्याङतान र उपाध्यक्ष सुन्तलीमाया प्रजा, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष सुजिता थिङले एमालेको तर्फबाट उम्मेदवारी दिनेछन् ।